विनोद चौधरीको चुनावी प्रचारमा गएका भुवन केसीलाई सोध्यो आयोगले स्पष्टीकरण

विनोद चौधरीको चुनावी प्रचारमा गएका भुवन केसीलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले आज बिहीवार चलचित्र विकास बोर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो ।

नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकोबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयोगले जनाएको छ ।

सरकारी पदमा बहाल रहेको व्यक्ति कुनै दलका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी हुने काम निर्वाचन आचारसंहिता २०७९ को प्रतिकूल हुने भएको भन्दै आयोगले यस विषयमा स्पष्टीकरण पेस गर्न भनेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com