आयोगले कानुनको पालना मात्रै गराउन खोजेको हो : दिनेशकुमार थपलिया

आयोगले कानुनको पालना मात्रै गराउन खोजेको  हो : दिनेशकुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डौ पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गर्नुभयो । कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै थपलियाले वर्तमान राजनीतिक संस्कारले संविधानले उल्लेख गरेको महिला सहभागिताको अधिकारलाई नै अप्ठेरोमा पार्नसक्ने बताउनुभयो । उम्मेदवारीमा महिलाको प्रतिनिधित्वको विषय आयोगले बारम्बार स्मरण गराउँदासमेत सुनिश्चितता गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । महिला सहभागिता गराउने कुरामा दलले टिकट दिने वा नदिने भन्नेबारेमा आयोग प्रवेश गर्न नमिल्ने उहाँको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले चुनावमा उम्मेदवारी दिनका लागि आफू लायक छु वा छैन भन्ने नबुझिकन उम्मेदवारी दिन आउँदा आयोगलाई समस्या परेको गुनासो गर्नुभयो । उहाँले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा नेपाली र दुई वटा विदेशी गरी ४६ वटा संस्थाबाट सात हजार आठ सय जना पर्यवेक्षक चुनाव पर्यवेक्षणका लागि खटिने बताउनुभयो । चुनावमा १८ वटा कुटनीतिक नियोगका विभिन्न टोलीहरू पनि पर्यवेक्षणका लागि आएको बताउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com