अहिलेको गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन सक्दैन : ओली

अहिलेको गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन सक्दैन : ओली
Picasa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्नुभएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाउनुभयो ।

यस्तै उहाँले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताउनुभएको छ ।

ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आउँदो चुनावमा एमालेलाई जिताउन आवश्यक भएको जिकिर गर्नुभयो ।

उहाँले गठबन्धन १५÷२० वर्षसम्म रहन्छ भनेर दाबी गरिए पनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई चुनावमा मतदाताले जवाफ दिने बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com