गाजामा मृत्यु हुनेको सङ्ख्या बढेर दुई हजार २१५ पुग्यो

गाजामा मृत्यु हुनेको सङ्ख्या बढेर दुई हजार २१५ पुग्यो

काठमाडौँ । एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।

मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com