आफै‌ले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु

आफै‌ले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ बर्षिय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । शनिबार राती साडे नौ बजेतिर घटना भएको र घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com