भेलु बाजेलाई पैसा दिएकोबारे फेरि सोध्यो निर्वाचन आयोगले सूर्य थापालाई स्पष्टीकरण

भेलु बाजेलाई पैसा दिएकोबारे फेरि सोध्यो निर्वाचन आयोगले सूर्य थापालाई स्पष्टीकरण
तस्बिर : थापाकाे फेसबुकबाट
Published on
Updated on

काठमाडौं । निर्वाचन आयाेगले प्युठानमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुन:  स्पष्टीकरण साेधेकाे छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिइ आफ्नो चुनाव प्रचारप्रसार गराएको भन्ने समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएकाेले स्पष्टीकरण साेधेकाे आयाेगले जनाएकाे छ । 

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएकाे छ ।

आयाेगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न थापालाई निर्देशन दिएकाे छ ।

केही दिनअघि प्युठानमा भएकाे एक कार्यक्रममा मीनबहादुर बुढाले एमाले उम्मेदवार थापाले आफूलाई दुई हजार रुपैयाँ दिएर आफूलाई चुनाव प्रचार गर्न लगाएकाे भन्नुभएकाे थियाे । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com