चुनावको प्रचारप्रसार गरिदिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

चुनावको प्रचारप्रसार गरिदिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह
Kathmandu Post

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षामा सहयोग गरिदिन निजी क्षेत्रका उद्योगी र व्यवसायीलाई आग्रह गरेको छ ।

आज आयोजित ‘निजी क्षेत्रसँग अन्तरक्रिया’कार्यक्रममा आयोगले यस्तो आग्रह गरेको हो। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व९सिएसआर० अन्तर्गत सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गर्नुभएको हो ।

उहाँले आयोगको समाजिक सञ्जालमा आवद्ध भइ आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com