पूर्वमन्त्री आलेले नेपालीको बेइजत गरे : ओली

 पूर्वमन्त्री आलेले नेपालीको बेइजत गरे : ओली
Picasa

धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेम बहादुर आलेले नेपालीको बेइजत गरेको बताउनुभएको छ ।

आज शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले आलेलाई इङ्गित गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, 'तिनी मैले आफैँले हस्ताक्षर गरेको मान्छे हुन्। आफैँले सही गरेर उम्मेदवारी दिएको मान्छेको अहिले भाषा सुन्नुस्। डोटीको मात्र होइन सिड्गो भाषा संस्कृतिको बेइज्जत गरेका छन्। के हो मन्त्रीको भाषा। विश्वभरिबाट उनलाई हटाउन भनियो। आन्दोलन र पार्टीको माया नगर्ने विकाससँग माया नगर्ने स्वार्थी तत्वहरुलाई मत दिनुहुदैन। जमानत भन्दा तल पार्नुपर्छ।'

तत्कालीन मन्त्री रहेकै बेला आलेको कुनै बेला बोलेको अश्लील गाली सामजिक संजालमा भाइरल भएको थियो। मन्त्रीबाट राजीनामा दिनुपर्ने सर्वत्र दबाब भए पनि उहाँले मन्त्रीबाट राजीनामा दिनुभएको थिएन ।

अहिले डोटीबाट वाम लोकतनन्त्रिक गठबन्धनका तर्फबाट एमालेविरुद्ध आले नै मैदानमा उत्रिनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com