सरकारले २५ औं भूकम्प दिवस मनाउने

सरकारले २५ औं भूकम्प दिवस मनाउने

काठमाडौं । सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ ।

शुक्रवार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गर्दै भूकम्प सुरक्षित पूर्वाधार,सुरक्षित जीवनको आधार भन्ने मुल नाराका साथ २५ औं भूकम्प दिवस देशभर भूकम्पीय सचेतनाका कार्यक्रम गरी मनाउन लागेका जानकारी दिएका दिएको हो ।

विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका,नगरपालिका,महानगरपालिका स्तरीय कार्यक्रम गरी देश व्यापी रुपमा मनाउने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५ औं भूकम्प दिवस मुल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते आयोजना गरिने बताउनु भयो ।

उहाँले भूकम्पीय सचेतनाको लागि सरकारले देश व्यापीरुपमा गरिने कार्यक्रमको सूची नै तयार पारिएको बताउनु भयो । उहाँले भूकम्पले कमजोर बनाएका संरचना भत्केर जनधनको क्षति हुँदा देशको समग्र विकासलाई पछाडि धकेल्ने बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com