एनसेल विवादबारे आजैदेखि काम थाल्दै छानबिन समिति

एनसेल विवादबारे आजैदेखि काम थाल्दै छानबिन समिति

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिले आजैदेखि छानबिनको काम अघि बढाउने बताएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरवार पुगेका संयोजक टङ्कमणि शर्माले आजैबाट काम सुरु गर्ने बताएका हुन् ।

सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि समितिले आजैदेखि काम अघि बढाउने उनको भनाइ छ। मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।

पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com