हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठेको छ : मुख्यसचिव बैरागी

हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठेको छ : मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रश्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रश्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भएपनि निस्कर्षमा नपुगेको बताउनु भयो । मुख्यसचिव बैरागीले नियमन निकाय नियम,कानूनको पालना भए, नभएको हेर्ने महत्वपूर्ण खम्बा भएको बताउनु भयो ।

उहाँले उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने बताउनु भयो ।

उहाँले नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालिन सोचको साथ बनाएको बताउनु भयो । मुख्यसचिव बैरागीले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने भन्दै दीर्घकालिन सोचका साथ बनाएकाले भविष्यमा राम्रो हुने बताउनु भयो ।

उहाँले निजगढ विमानस्थलको विषयमा धेरै बहस भएपनि निस्कर्षमा पुग्न नसकेकाले छिटै टुङ्गो लगाएर जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा धेरै उल्लेख्य प्रगति भएको बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com