बाक्लो हुस्सु लागेर स्याँठ चल्दा मधेसका नागरिकको जनजिवन प्रभावित

बाक्लो हुस्सु लागेर स्याँठ चल्दा मधेसका नागरिकको जनजिवन प्रभावित

सर्लाही । तराई मधेसमा दुई दिनदेखि घाम लागेको छैन । बाक्लो हुस्सु लागेर स्याँठ चल्दा नागरिक चिसोले कठ्याङ्ग्रिएका छन् ।

पालिकाले न्यानो सामग्री वितरण नगर्दा विपन्न परिवारलाई चिसोले झनै समस्या थपेको छ । चिसो बढेसँगै न्यानोको जोहो गर्न नसक्ने तराई मधेकिा नागरिक कठ्याङ्ग्रिनु परेको हो ।

शरिर ढाक्ने न्यानो कपडा र ताता ओढ्नेओछ्याउने नहुँदा मधेसका धेरै परिवार पराल ओछ्याएर सुत्न बाध्य छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई झन् धेरै समस्या भएको छ ।

विद्यार्थीलाई विद्यालय जान तथा मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परिरहेको छ ।

चिसोले जनजीवन कष्टकर हुँदा पनि पालिकाले कुनै वास्ता नगरेको सर्लाहीको बसबरिया गाउँपालिकाको कार्यालयसँगै रहेको मुसहर बस्तीका ६५ वर्षका मन्मादेवी माझीले गुनासो गर्नुभयो । तर अझै पालिकाले चिसो प्रभावितलाई न्यानो प्रदान गर्न पहल गरेका छैनन् ।

राहतका लागि पालिका आफै गैर–सरकारी संस्थाको मुख ताकेर बसेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com