माओवादी पदाधिकारीको बैठक जारी

माओवादी पदाधिकारीको बैठक जारी
SHANKAR GIRI

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा छन् ।

आयोगले शनिबारसम्म समानुपातिक लिष्ट बुझाउन समय निर्धारण गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com