एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै
CPN Unified Socialist
Published on
Updated on

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक आज सोमबार(आज) बस्दै छ । पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको महासचिव डा. वेदुराम भुषालले जानकारी दिनुभयो । 

सो दलको हिजो सचिवालय बैठक बसेको थियो । सोही बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

दलको बैठकले संसदीय दलको नेता चयन गर्ने र आगामी सरकार गठनमा दलको तर्फबाट खेलिने भूमिका बारेमा निर्णय लिने सो दलले जनाएको छ ।

संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने करिब पक्का रहेको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने महासचिव भुषालले बताउनुभयो । एकीकृत समाजवादी राष्ट्रिय दल बन्न नसके पनि प्रत्यक्ष निर्वाचित १० सांसद यो दलसँग रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर हिजो सरकार गठनको आव्हान गरेपछि सबै दलको बैठक नियमित बस्न थालेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com