नेपालमा डेंगुबाट संक्रमण हुनेको संख्या ५० हजार नाघ्यो, मृतक कति ?

 नेपालमा डेंगुबाट संक्रमण हुनेको संख्या ५० हजार नाघ्यो, मृतक कति ?

काठमाडौं । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो ।

यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com