मतदानका लागि काठमाडौंबाट बाहिरिने बढे

मतदानका लागि काठमाडौंबाट बाहिरिने बढे

काठमाडौं । मंसिर ४ गते अर्थात आगामी आइतबार बिहान ७ बजेदेखि देशभर एकैसाथ निर्वाचन हुँदै छ । निर्वाचनका लागि काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढ्न थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो सार्वजनिक गाडीमार्फत् नै विभिन्न नाका भएर ५५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिएका छन् ।

यो समयमा साढे ४१ हजार यात्रु काठमाण्डौ भित्रिएका छन् । काठमाण्डौ छाड्नेको सङ्ख्या भोलिदेखि अझ बढ्ने अनुमान छ । भोलिदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरू बन्द हुनेछन् । यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने छन् ।

बिदासँगै भोलि शुक्रवार पनि परेकाले धेरैजसो भोलि र पर्सि गाउँ घर जानेछन् । चुनावका लागि झण्डै पाँच लाख यात्रु काठमाण्डौबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अनुमान छ । निर्वाचन आयोगले भोट हाल्ने दिन मङ्सिर ४ गते अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने जानकारी गराइसकेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com