राहदानी विभागले आज उपत्यका बिदाका दिन पनि सेवा दिने

राहदानी विभागले आज उपत्यका बिदाका दिन पनि सेवा दिने

काठमाडौं- राहदानी विभागले आज अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले आज बिहान १० देखि दिउँसो साढे २:३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताउनुभयो । आज मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फर्म भरेकोले २:३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com