प्रहरीले सार्वजनिक गर्‍यो दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी

प्रहरीले सार्वजनिक गर्‍यो दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी

काठमाडौँ । प्रहरीले दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी सार्वजनिक गरेको छ । प्रहरीले अवैध सुनसहित तीन जना र महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिएको थियो ।

रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीवार उनीहरूलाई पक्राउ गरेको थियो । नागढुंगा चेकपोस्टमा चेकजाँच गर्दा गाडीको गियर बक्स एरियामा लुकाइ बिस्कुट आकारको बनाइ ल्याइएको सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष २६ को बिरु तामाङ, वर्ष २१ को सुनिल भुजेल र वर्ष २८ को ग्याल छिरिङ तामाङ रहेका छन् । उनीहरूसँगबाट ६ थान मोबाइल पनि प्रहरीले बरामद गरेको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । अवैध तरीकाबाट सङ्गठित रूपमा भन्सार तथा राजस्व छलि सुनको कारोबार गरेको हुँदा उनीहरूलाई सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com