वर्षाका कारण विभिन्न स्थानमा मतदान प्रभावित

स्थानीय र पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएको छ
वर्षाका कारण विभिन्न स्थानमा मतदान प्रभावित

शुक्रबार देशका विभिन्न भेगमा हल्का र मध्यम खालको वर्षा भएको छ । वर्षाका कारण मतदानस्थल जाने र मत हालेर फर्किने मतदाता प्रभावित भएका छन् । कतिपय वर्षा भएका स्थानका मतदान केन्द्रमा हिलो भएकाले मतदान कष्टपूर्ण बनेको छ ।

मतदान गर्ने क्रम बिहान सात बजे बाट सुरु भएर दिन भर नै मतदान भैरहेको बेला बनेपामा वर्षाका कारण पछी लाइन बसेका बाहेक अरु भने केहि बेरका लागि बाहिरै छाता ओडेर भोट हाल्न कुरेर बसेको दृश्य देखियो। केहि समयका लागि पानि परे पनि भोट हाल्न भित्र गैसकेकाहरुले भने भोट हाल्न अप्ठेरोमा पर्नु परेन।

तराईका केही भागमा पनि वर्षा भइरहेको विभागले जनाएको छ ।

भारी वर्षाका कारण सुर्खेतका दुई पालिकामा पनि मतदान प्रक्रिया प्रभावित बनेको छ ।

पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा वर्षाका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com