
काठमाडौं । सुन चाँदीको मूल्य आज सोमबार फेरि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको मूल्य आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको मूल्यभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि महँगिएको महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।