बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ।

आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com