सुनको मूल्य आज तोलामा ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य आज तोलामा ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो १ लाख ३ हजार १ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर भइरहेकाले नेपाली बजारमा पनि घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com