प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको आज बिहान उदघाटन गरेका छन्
चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्र ५ हजार जना क्षमताको भएको छ ।२०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यो सभा हल मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना हो ।