शेयर बजार आज ३२ अंकले बढ्यो, कारोबार रकम कति ?

शेयर बजार आज ३२ अंकले बढ्यो, कारोबार रकम कति ?

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ ।

म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४५ करोड र नविल बैंकको १२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको शेयर ८ प्रतिशत र जीवन विकास लघुवित्तको शेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि सबभैन्दा धेरै एनएमबी हाइव्रिड फण्डको शेयर मूल्य घटेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com