
काठमाडौं । लोकतान्त्रिक–वाम गठबन्धनले भोलि शनिवार चितवनमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू भोलि सम्बोधनका लागि चितवन जाने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकका अध्यक्ष माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै नेकपा (एमाले)ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन जाने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।