बौद्धिक सम्पती संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छः स्वणिम वाग्ले

बौद्धिक सम्पती संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छः स्वणिम वाग्ले

काठमाडौं । अर्थविद् स्वणिम वाग्लेले बौद्धिक सम्पती संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ । 

बिहीवार काठमाडौंका बौद्धिक सम्पती संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पती विषय अन्तरक्रिया कार्यक्रमा बोल्दै बौद्धिक सम्पती संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बौद्धिक सम्पतीलाई विकसित मुलुकहरुले विश्व व्यापार संगठनको सदस्यमा जबरजस्ति बनाएको बताउनु भयो ।

उहाँले बौद्धिक सम्पतीलाई विश्व व्यापार संगठनको सदस्यमा राख्दा इन्फोर्स गर्न सजिलो हुने बताउनु भयो । वाग्लले बौद्धिक सम्पतीलाई अमेरिकाले तिब्ररुपमा अगाडि बढाएकोमा पश्चिमा मुलुकहरुले नै आलोचनात्मक टिप्पणी गरिरहेको बताउनु भयो ।

उहाँले अहिले बौद्धिक सम्पतीलाई प्राथमिकता दिएर व्यापार,लगानी र बिफा सम्झौता गरिरहेको बताउनु भयो । उहाँले व्यापार,लगानी र बिफा सम्झौतामा व्यापार र बौद्धिक सम्पती समावेश गर्न हलिउडको मनोरञ्जन उद्योग ,औषधि उद्योग र आइसिटि उद्योगको दबाबले गर्दा व्यवसायिक लभिहरु हाबी हुन पुगेको बताउनु भयो ।

उहाँले अल्पविकसित देशका लागि तिब्रगतिमा बौद्धिक सम्पती मुद्दा अगाडि आउँदा आवश्यक हुने/नहुने सुजबुझपूर्ण निर्णयको आवश्यकता देखिएको बताउनु भयो ।  

देशमा न्यायाधीश नै किन्नसक्ने अवस्था रहेको भन्दै त्यस्तो देशको लगानी गर्न कोही पनि नरुचाउने बताउनु भयो ।  

उहाँले बौद्धिक सम्पती मात्रै बनाएर अन्य संरचना पङ्गु बनाएको देशमा बौद्धिक सम्पतीको संरक्षणले प्रभावकारी रुपमा काम नगर्ने बताउनु भयो । उहाँले त्यसको लागि लगानी भित्र्याउने र प्रत्याभुति दिने प्रणाली आवश्यक रहेको बताउनु भयो ।

उहाँले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला (बिआइटी ) बिफा सम्झौता गर्न खोज्दा गाली गरेपनि देशको लागि अत्यावश्यक रहेको बताउनु भयो ।

उहाँले विश्वमा पहिलो पटक पाकिस्तान र जर्मनीबीच बिफा सम्झौता गरेको १९५९ मा भएको बताउनु भयो । उहाँले अहिले सबैभन्दा धेरै बिफा सम्झौता गर्ने चीन रहेको बताउनु भयो । उहाँले चीनको जति बिफा सम्झौता गर्ने अन्य कुनैपनि विकसित मुलुक नभएको बताउनु भयो । 
 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com