यस्ता छन् आलुका खानुका फाइदाहरु

यस्ता छन् आलुका खानुका फाइदाहरु

एजेन्सी । सबैको भान्छाघरमा तरकारीको रुपमा सबैभन्दा बढी पाक्ने भनेको आलु नै हो । आलु सबैलाई मन पर्छ र आलु जेमा पनि फिट हुन्छ । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो अनि धेरैले रुचाउने तरकारी हो ।

आलुबाट हामीले बिभिन्न परिकार बनाएर खान सक्छौं । जुनसुकै तरकारीमा पनि यसलाई मिसाउन सकिने भएकाले आलु सर्वप्रिय छ । यदी मात्र नभएर यो स्वास्थ्यको दृष्टिकोणले पनि एकदम फाईदाजक छ ।

आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ । आज हामी तापाईलाई आलु खानुको फाईदा बताउने छौं ।

रक्तचाप : रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

क्यान्सरबाट बचाउँछ : आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ । फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ ।

मुटुको स्वास्थ्य : आलुमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ ।

मस्तिस्कको लागि फाइदाकारी : मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com