श्रीमतीसँग अवैध सम्बन्ध राख्नेलाई सुरूङभित्र लगेर गोली प्रहार

श्रीमतीसँग अवैध सम्बन्ध राख्नेलाई सुरूङभित्र लगेर गोली प्रहार

दाङ । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङभित्र मृत फेला परेका घोराही उपमहानगरपालिका–६ अघराका शिवराज केसीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ४५ वर्षीय केसीको शव गोली हानेर हत्या भएको अवस्थामा गत १४ पुसमा कोइलाखानीको सुरुङमा भेटिएको थियो ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार पक्राउ पर्नेमा बंगलाचुली–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी श्रमिती ३५ वर्षीया दीपा र दीपाका भाई २९ वर्षीय तिलक पुन तथा अर्का एक जना छन् ।

घटनापछि शेरबहादुर र दीपा भागेर भारतको नयाँ दिल्ली पुगेका थिए । एसपी केसीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी ल्याइएको जानकारी दिए ।

प्रहरीका अनुसार शेरबहादुरले आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको बयान दिएका छन् । प्रहरीले शेरबहादुर र दीपाको योजनामा जंगलमा बोलाएर सुरूङभित्र लगेर गोली हानी हत्या गरेको जनाएको छ । शेरबहादुर कामका लागि भारत आउने जाने गर्थे ।

सोही क्रममा शिवराज र दीपाबीच अनैतिक सम्बन्ध रहेको आफूले थाहा पाएको कुँवरले बताएका छन् । उनले हत्यामा आफ्नो मात्र संलग्नता रहेको दाबी गरेका छन् । तर, प्रहरीले भने चारै जनाको मिलेमतोमा उनको हत्या भएको दाबी गर्छ ।

दीपाले बयानमा आफू सुरुङ बाहिरसम्म मात्र गएको बताएकी छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com