महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ

महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ

महोत्तरी । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाइ महोत्तरी प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रवाट उनिहरु हतियारसहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ बर्षिय लाल बहादुर भोलन, ३० बर्षिय प्रेम बहादुर भोलन र ३८ बर्षिय अमिर स्याङतान छन । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीवाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

तिनै जनालाइ हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com