कांग्रेसका तीन नेता पार्टीबाट निष्कासित

कांग्रेसका तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले ३ नेता तथा कार्याकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हो।

कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं। ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान श्रेष्ठ०को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही स्वरुप पार्टीबाट निष्कासित गरिएको हो ।

ढुंगानाले पार्टीको विधान, २०१७ ९संशोधनसहित० को धारा ९३४० बमोजिम उनीहरुलाई पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरिएको बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com