तीनकुने सामूहिक हत्या : नवीनसँगको रिसिइबीले चारैजनाको हत्या गरेको स्वीकार

तीनकुने सामूहिक हत्या : नवीनसँगको रिसिइबीले चारैजनाको हत्या गरेको स्वीकार

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार ती युवकलाई पक्राउ गरेको थियो । मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न दिव्य सःमिलमा पुगेका थिए । घटनाबारे थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ ।

घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

तर घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । आइतबार अर्का युवक पक्राउ परेका हुन् । आफ्नो संलग्नता स्वीकार गरेका उनलाई म्याद थपका लागि अदालत लैजाने प्रहरीकाे तयारी छ । बोल्न नसक्ने उनले आफ्नो स्वीकारोक्ति व्यक्त गर्दै कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेको प्रहरीले बताएकाे छ ।

आफू दुईवटा खुकुरी बोकेर नविन राईको हत्या गर्ने उद्देश्यले गएको उनको बयान छ । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा भेटाएको थियो । खुकुरीमा रगत लागेको पाइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com