उदयपुरमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

उदयपुरमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

उदयपुर । उदयपुरमा भएको बस दुर्घटनामापरि तीन जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण बोर्डिङ स्कुलको बस सनिबार दिउसो दुर्घटना हुँदा बसका चालक सहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परि २८ जना घाइते भएका छ्न ।

मृत्यु हुनेमा चालक ४० बर्षिय भिखन चौधरी ,११ बर्षीय बालक बिकास चौधरी र ७ बर्षिय बालिका सुमित्रा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका उपरीक्षक रमेश थापाले जानकारी दिए ।

जिल्ला अस्पताल उदयपुरको प्राथमिक उपचार पछि घाइतेहरुलाई थप उपचारका लागि बिराटनगरको न्युरो, नोबेल र गोल्डेन अस्पतालमा रेफर गरिएको छ । अधिकास घाईतेहरुको टाउको,हात, खुट्टामामा गहिरो चोट लागेको छ ।

बनभोजका लागि लगिएको बस १-०५-००१ ख ००४४ उदयपुरगढी गाउँपालिका ७ अधेरी खोलामा सडकबाट अनिन्त्रित भई ३० मिटर तल खसेको प्रहरीले बताएको छ । पुरानो देउरीका स्थानिय थारु समुदाय पिक्निक खान अधेरी गएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com