मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नं. ३ कालिदमारस्थित भित्री सडक–खण्डमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा मनहरी गाउँपालिका-३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, सोही वडाका २४ वर्षीय राजकुमार प्रजा र वडा नं.४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका छन् ।

मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको ट्याक्टर सोमबार राती अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्याक्टरमा पाँचजना सवार रहेकोमा दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका हेटौँडा पठाइएको प्रहरीले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com