पाल्पाको तिनाउमा एकैदिनमा तीन जनाको मृत्यु

पाल्पाको तिनाउमा एकैदिनमा तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा शनिबार मात्रै तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक जना पुरुष रुखबाट लडेर घटनास्थमै मृत्यु भएको हो भने अर्का एक पुरुष एक जना महिला एउटै रुपमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार तिनाउ ५ कोलडाँडाका ४६ वर्षीय शेरबहादुर गाहा चिनडेया गैरास्थित जंगलमा दालचिनीको रुखमा चढी दालचिनीको हाँगा काट्ने क्रममा अचानक रुखबाट खसेपछि घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै तिनाउ गाउँपालिका वडा नं. ३ चिरीडाँडाको जंगलमा हालसम्म नाम, थर र वतन नखुलेको पुरुष र महिला रुखमा झुण्डिएको अवस्थामा फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।

सबै शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाइ घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com