बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

बारा । बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्ज - ३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरिशम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था सिकिस्त रहेकाले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com