कांग्रेसले सरकार बनाउन गठबन्धन बाहिर पनि छलफल गर्ने

कांग्रेसले सरकार बनाउन गठबन्धन बाहिर पनि छलफल गर्ने
Roshan

काठमाडौं। नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले संघीय सरकारमा नेतृत्वका लागि दाबी गर्ने निर्णय गरेको हो।

बैठकले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री बन्ने इच्छा र मनसाय प्रकट गरेको भए पनि काँग्रेस ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको महतले बताए।

उनी भन्छन्, ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो। यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरूसँग पनि परामर्श हुन्छ।’ बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ। मंगलबार वा बुधबार दलको चुनाव हुनेछ।

महतले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नरहेको बताए। उनले पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले देउवालाई सर्वसम्मत नेता चयन गर्नुपर्ने बताए। उनले भने, ‘सर्वसम्मत भए राम्रो, नभए लोकतान्त्रिक प्रक्रिया छँदैछ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com