आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार बढेर कारोबार भएको सुनचाँदीको मूल्यमा मंगलबार भने गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेर प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको हो।

यसैगरी यसअघि प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ रहेको तेजावी सुन आज एक लाख तीन हजार रुपैयाँमा झरेको छ। यता, चाँदीको भाउमा पनि गिरावट आएको महासंघले जनाएको छ। यसअघि प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको चाँदी आज मंगलबार भने एक हजार ३६५ रुपैयाँ रहेको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com