१७ जना डीआईजीको काज सरुवा

 १७ जना डीआईजीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

आज भउको काज सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ ।

मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा, कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा र भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ भने अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाउनुभएको छ ।

प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाउनुभएको छ । त्यस्तै गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङलाई र प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीलाई दिईएको छ ।

उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा हुनुहुन्थ्यो । विमानस्थलमा किरण राणालाई पठाइएको छ भने विशेष ब्यूरोमा सुदीप गिरीलाई पठाइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com