२३ जना प्रहरी उपरिक्षकको सरुवा

२३ जना प्रहरी उपरिक्षकको सरुवा
Published on
Updated on

काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची अनुसार ८ वटा जिल्लामा कमाण्डर फेरिएका छन् ।

प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरिएको छ । पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल र बाँकेमा सन्तोष सिंह राठौरलाई काज सरुवा गरिएको छ ।

कैलाली जिल्ला इन्चार्जमा देवेन्द्र बहादुर पाल र सुर्खेतमा योगेन्द्र सिंह थापालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालय बारामा सन्तोष कुमार भट्टराई, नेपाल प्रहरी विशेष कार्यदलमा सुधिर राज शाही र सोमेन्द्र सिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

राठौर कैलाली जिल्लाबाट अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com