रक्सी भनेर सेनिटाइजर खाने डाँगीको उपचार नेपालगञ्जमा

रक्सी भनेर सेनिटाइजर खाने डाँगीको उपचार नेपालगञ्जमा

सुर्खेत । रक्सी भन्दै सेनिटाइजर सेवन गर्दा एकजना बिरामी परेका छन् । सल्यान बागचौर नगरपालिकामा इमान डाँगीले रक्सी भनेर सेनिटाइजर सेवन गर्दा बिरामी भएका हुन् ।

बागचौर नगरपालिका–९ डाँगीगाउँ बस्ने अन्दाजी ५२ वर्षका ईमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाइजर सेवन गरेपछि बिरामी परेका हुन् ।

बिरामी भएका डाँगीलाई उपचारका लागि स्थानिय सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार गरिएको थियो । थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको र त्यहाँ पनि सम्भबः नभए पछि नेपालगञ्ज रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  उनको स्वास्थ्य अवस्थामा सुधार हुदैँ आएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com