बालिका बलात्कार आराेपमा दुईजना पक्राउ

बालिका बलात्कार आराेपमा दुईजना पक्राउ

उदयपुर । १३ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com