काठमाडौं र रसुवाबाट व्यक्ति हत्या आराेपमा दुई वृद्ध पक्राउ

काठमाडौं र रसुवाबाट व्यक्ति हत्या आराेपमा दुई वृद्ध पक्राउ

काठमाडौं । काठमाडौं र रसुवाबाट व्यक्ति हत्या आराेपमा दुई वृद्ध पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

रसुवामा आफ्नै श्रीमती ७१ वर्षीया सीता कामीको हत्या गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका-६ रेडपाण्डा चोकस्थित भूकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामीलाई प्रहरीले पक्राउ गरेको छ । सीता कामी आफ्नै आवास स्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुलाल कामीले कुटपिट गरी हत्या गरेको भन्ने खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com