खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका तीन पुर्व अध्यक्षले बहस गर्ने

खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका तीन पुर्व अध्यक्षले बहस गर्ने
MSI

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायत बहस गर्ने भएका हुन । 

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका बरिष्ठ अधिबक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् ।  

उता, सरकारका पक्षवाट भने सरकारी वकिल कार्यालयका अधिबक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com