सूर्यदर्शन सहकारीका दुई जना जेल चलान, जिबी राईसहित १५ जना अझै फरार

सूर्यदर्शन सहकारीका दुई जना जेल चलान, जिबी राईसहित १५ जना अझै फरार

काठमाडौं । प्रहरीले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत अपचलनमा गरेको आरोपमा थप दुई जना कारागार चलान भएका छन् ।

सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ बुधबार कारागार चलान भएका हुन्। सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई ९जिबी० सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए।

उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश थापाले अर्याल र गुरूङलाई पुर्पक्षका लागि कारागार चलान गरीएको ।

कारागार चलान भएका गुरूङ एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन्। यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन्। उनीहरू पनि पुर्पक्षका लागि थुनामा छन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com