नेपालमा डेङ्गु सङ्क्रमणबाट थप दूई जनाको मृत्यु

नेपालमा डेङ्गु सङ्क्रमणबाट थप दूई जनाको मृत्यु

काठमाडौं । डेङ्गु सङ्क्रमणबाट नेपालमा थप दूई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ५१ हजार १ सय ७७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सकिएको र जाडोयाम सुरु हुन थालेपछि डेङ्गु सङ्क्रमण घट्न थालेपनि यसको जोखिम अझै कायमै रहेको सरकारले बताएको छ ।

अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com