रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गैडहवा गाउँपालिका–२ मा लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुने दुबै मोटरसाइकल चालक हुन् ।

लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगेडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय नीरज लोधको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com