एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ ढकेल्न हो : डा. भट्टराई

एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ ढकेल्न हो : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाउनु भएको छ ।

आज काठमाडौँमा आयोजित संविधानको प्रवर्द्धनमा निर्वाचनको भूमिका विषयक कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी ओली गठबन्धनले संविधान भत्काउने खतरा बढेको बताउनुभएको हो ।

उहाँले ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्वलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्द्वतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाउनुभयो।

उहाँले एमालेको गठबन्धन पश्चगामी र आफूहरूको गठबन्धन अग्रगामी गठबन्धन भएको तर्क गर्नुभयो।

अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको भन्दै यो एक प्रकारको संविधान भत्काउने वा जोगाउने भन्ने जनमत संग्रह भएको बताउनुभयो ।

भट्टराईले राजावादी कम्युनिष्ट अगाडि आएको बेला यसअघि पनि लोकतन्त्र खतरामा परेको तर्क गर्नुभयो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com