एमाले सचिवालय बैठक स्थगित

एमाले सचिवालय बैठक स्थगित
User

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो । एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरुलाई निर्देशन दिइसकेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com