पाल्पा २ बाट एमालेका ठाकुरप्रसाद गैरे विजयी

पाल्पा २ बाट एमालेका ठाकुरप्रसाद गैरे विजयी

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । उहाँ ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे।

गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com