प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेको मत २६ लाख २१ हजार नाघ्यो

अरु दलको कति ?
प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेको मत २६ लाख २१ हजार नाघ्यो
Mellow Arc Media

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २६ लाख २१ हजार ६२६ मतका साथ अग्र स्थानमा रहेको छ भने यो समाचार तयारपार्दासम्म नेपाली कांग्रेसले २४ लाख ७८ हजार ३४१ मतका साथ दोस्रो स्थानमा छ ।

यस्तै माओवादी केन्द्रले ११ लाख २१ हजार मत कटाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार धेरै मत पाएको छ ।

राप्रपाको ५ लाख ५६ हजार धेरै मत छ भने जसपाले ३ लाख ३८ हजार मत कटाएको छ । जनमत पार्टीले ३ लाख १८ हजार धेरै मत पाएको छ । यस्तै नेकपा एसले २ लाख ७१ हजार मतका साथ सबैभन्दा पछाडि रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com